पुनर्वास-२ कार्यालयबाट प्रवाह हुने सेवा स्थगित ,नगरपालिकाबाट पनि अत्यावश्यक सेवा मात्रै प्रवाह गरिने

हरिलाल जोशी
पुनर्वास – २२ असोज । एकैदिनमा नगरपालिकाका प्राविधिक सहित आठ जनामा कोरोना संक्रमित देखिएपछि पुनर्वास नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
बुधबार सेती प्रादेशिक अस्पताल धनगढीमा ४२ जनाको स्वाब परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना नहुन्जेलसम्म बन्द गरिएको नगर प्रमुख जिवनराज थापाले जानकारी दिए।
मेयर थापाले अत्यावश्यक सेवा लिन कार्यालय आउनु परे सामाजिक दूरी लगायतका स्वास्थ्य मापदण्डहरु पालना गरी सेवा लिन सकिने जानकारी दिदै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी रहेको बताए ।
त्यस्तै पुनर्वास नगरपालिका-२ ले पनि आज देखि असोज २६ गतेसम्मका लागि वडाबाट प्रदान गरिने सबै सेवाहरु पूर्ण रुपमा गरेको छ ।
यस्तो छ नगरपालिका र वडा नम्बर २ कार्यालयले जारी गरेको सूचना ।
Comments are closed.