पुनर्वासमा एकैदिन आठ जना कोरोना संक्रमित बढे

हरिलाल जोशी
पुनर्वास–२१  असोज ।  सुदूरपश्चिममा ६९ जना संक्रमित बढेसँगै कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकै दिन आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
असोज १९ गते ४२ जनाको स्वाब परीक्षण गरिएकोमा बुधबार ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेहरुमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ३१ वर्षिय पुरुष र १७ वर्षिय महिला प्रहरी, पुनर्वास नगरपालिकाका प्राविधिक, पुनर्वास–८ का ५५ वर्षिय पुरुष र कोरोनाका कारण मृत्यू भएकी पुनर्वास–२ की २८ वर्षिय सुत्केरी महिलाको परिवारका ४ जना सदस्य गरी आठ जना रहेको पुनर्वास नगरपालिकाकी जनस्वास्थ्य अधिकृत कञ्चन नेपालीले जानकारी दिईन्।
नगरपालिकाको तथ्यांक अनुसार पुनर्वासमा हालसम्म १ सय १८ जनामा कोरोना संक्रमित देखिएकोेमा अहिले २१ जना मात्रै कोरोना संक्रमित रहेको र अन्य व्यक्तिहरुलाई निको भईसकेकोे छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.