पुनर्वासमा मनाईयो ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

पुनर्वास -१६ असोज  । कञ्चनपुरको पुनर्वासमा ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ ।
बिहिवार पुनर्वास नगरपालिका-५ र ६ को संयुक्त वडा कार्यालयको सभाहलमा सामाजिक दुरी कायम गर्दै सामान्य संख्यामा रहेर ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको हो ।
जेष्ठ नागरिक समाज शाखा पुनर्वासको आयोजना तथा पुनर्वास नगरपालिका कार्यालयको प्रायोजनमा भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा प्रमुख आतिथ्यमा रहनु भएको थियोे ।
त्यस्तै विशिष्ट अतिथिमा जेष्ठ नागरिक समाज कंचनपुरका उपाध्यक्ष पदम बहादुर थापा रहनुभएको थियो भने वडा नम्बर-५ का अध्यक्ष विरबहादुर बोगटी ,वडा नम्बर-६ का अध्यक्ष मनबहादुर गुरुङ ,महिला तथा बालबालिका शाखा पुनर्वासका अधिकृत कृष्ण भट्ट ,जनता क्याम्पस पुनर्वासका अध्यक्ष रामचन्द्र नेपाल लगायतका व्यक्तिहरु अतिथी दिर्घामा रहनुभएको थियो ।
जेष्ठ नागरिक समाज पुनर्वासका उपाध्यक्ष शंकर केसीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा विभिन्न वडाका जेष्ठ नागरिकहरुको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा गत वर्ष २९ औ जेष्ठ नागरिक दिवस सम्मका गतिविधि बारे जानकारी गराउदै ११६ जना जेष्ठ नागरिक मध्ये ८८ जना जेष्ठ नागरिकको घरमा गएर दोसल्ला सहित सम्मान गरिएको सचिव महेन्द्र बस्नेतले बताउनुभयो
प्रमुख अतिथिको तर्फबाट बोल्नुहुदै नगर प्रमुख थापाले जेष्ठ नागरिकको सम्मानमा सदैब जागरुक हुनुपर्ने बताउनुभयो ।
“भवन निर्माणका लागि जेष्ठ नागरिक समाज उपशाखा पुनर्वासलाई नगरपालिकाले २ लाख बजेट बिनियोजित गरिएको छ “उहाँले भन्नू भयो” भवन निर्माण सोही बजेटमा नबन्ने भएका कारण अन्य शिर्षकबाट बजेट थप गरेर भएपनि भवन निर्माणमा गर्छु ।
जेष्ठ नागरिक समाज उपशाखा पुनर्वासका अध्यक्ष विश्वनाथ विष्टको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक समाज उपशाखा पुनर्वासका सचीव महेन्द्र बस्नेतले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.