ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिंहको बिदाई

पुनर्वास, १३ असोज । प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो कानुनी परामर्श कार्यालयमा सरुवा हुनुभएका ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहको पुनर्वासबाट बिदाई गरिएको छ । पुनर्वासको १४ महिने लामो बसाई पछि अन्यत्र सरुवा हुनुभएका प्रहरी निरीक्षक सिंहलाई आईतवार एक कार्यक्रमका बीच ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरी युनिट र हिजो शनिबार उद्योग वाणिज्य संघ उपशाखा पुनर्वासले बिदाई गरेको हो । गत २०७६ साउन महिनामा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रमु्खको रुपमा आई आफ्नो नेतृत्व समाल्नुभएका सिँह निकै चुनौतीका बाबजुद पनि आफ्नो कर्तव्यपथमा रहि पुनर्वास क्षेत्रमा हुने अपराधिक गतिबिधि ,चोरी तस्करी देखि लागुऔषध तस्करी सम्मको हरेक गतिविधि नियन्त्रणमा सफल बनेका थिए ।

Comments are closed.