पुनर्वासबाट २२ थान अवैध ईलेक्ट्रोनिक्स मदानी सहित आईबीआरडी बजारका व्यावसायी पक्राउ

हरिलाल जोशी
पुनर्वास, १३ असोज । कञ्चनपुरको पुनर्वासमा भारतीय बजार बसहीबाट भन्सार छलि ल्याएको २२ थान ईलेक्ट्रोनिक्स मदानी सहित पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती भारतबाट अवैध रुपमा ल्याएको ईलेक्ट्रोनिक्स मदानी मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी सिभिल टोली र त्रिभुवनबस्ती प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका–३ ,आई.बी.आर.डी.स्थित पुर्णागिरी हार्डवेयरको गोदामबाटै बरामद गरेको हो ।
सामान बरामद पछि पसल सञ्चालक ४० वर्षिय भिम प्रसाद सापकोटालाई पनि प्रहरीले पक्राउ गरि लगेको छ ।
पक्राउ बारे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले भन्सार छलिको सामान भएका कारण मान्छे र सामान दुवै भन्सार पठाईने जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.