राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेलौरीको अध्यक्षमा पुजा भण्डारी

गगन अयडी 
धनगढी ०४ असोज । कन्चनपुरकोे बेलौरी नगरपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको प्रथम नगर भेलाबाट नगरकमिटी चयन गरिएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन सुदुरपश्चिम प्रदेश कमिटीको आयोजनामा गठन भएको नगरकमिटीको अध्यक्षमा व्युटीसियन पुजा भण्डारीलाई चयन गरिएको छ ।
युनियनको उपाध्यक्षमा ममता के.सी, सचिव बिष्णुमाया अर्याल, सह—सचिब कल्पना भट्ट, कोषाध्यक्ष यमुना खड्का सदस्यमा ः बिमला दाहाल, पार्वती कार्की, लक्ष्मी बोहरा, शान्ति राना मगर, सीता चौधरी, मनिषा थापा, सरस्वती बिष्ट, नविना चौधरी, सरस्वती पन्त, मन्जु बुढाल, दिप्ती कार्की र सुस्मिता सुनारलाई चयन गरिएका छन् । नगरकमिटी गठन गरिए पछि कमिटीले थप आगामी योजनाबारे छलफल गरी ब्युटिसियनहरुका समस्याको समाधानको लागि पहल गरिने अध्यक्ष भण्डारीले बताईन् ।
कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिका उपमेयर चित्रा कुमारी चौधरी, बिशिष्ट अतिथि बेलौरी नगर कार्यपालिका सदस्य तथा प्रवक्त बिनोद नेपाली एबं बेलौरी नगर कार्यपालिका सदस्य तुलसी श्रेष्ठ, अतिथि प्रदेश कमिटीका सल्लाहाकार तथा बिबिसी टेडिङ सेन्टरका प्रवन्धक झुम अधिकारीको रहेका थिए ।
सुदुरपश्चिम क्षेत्रका व्युटिसियनहरुको सीपको स्तर कमजोर भएकाले व्यवसायिक सफलताका लागि थप सीपहरु सिकिरहनु पर्ने आबश्यक रहेको प्रदेश कमिटीका सल्लाहाकार तथा बिबिसी टेडिङ सेन्टरका प्रवन्धक झुम अधिकारीले बताए । पेशागत व्यवसाय संचालन गरिरहेकी व्युटिसियन दिदी बहिनीहरुलाई स्थानिय पालिकाहरुले थप सीपको लागि बजेट बिनियोजन गर्नुका पर्ने प्रदेश कमिटीका सल्लाहाकार अधिकारीले बताए ।
महिलाहरुको आफ्नो क्षमता बिकास र अधिकारका लागि पेशागत संगठन मार्फत काम गर्न सहज हुने नगर कार्यपालिकाकी सदस्य तुलसी श्रेष्ठले बताईन् । नगर कार्यपालिका सदस्य तथा प्रवक्त बिनोद नेपालीले क्षमता बिकाससँगै पेशागत रुपमा अगाडी बढ्नु प्रर्ने उनले बताए । “बोली नै क्षमता हो यसरी अगाडी आएर बोल्लु नै सफलता हो ।” नेपालीले भने –“यस्ता संगठनहरुबाट नै महिलाहरुलाई अगाडी बढ्ने मौका मिल्ने भएकाले आफ्नो पेशागत हक हीतका लागि पछि नपर्नुहेस्, हाम्रो साथ सहयोग रहने नै छ ।”
कार्यक्रमा बोल्दै प्रमुख अतिथी समेत रहेकी बेलौरी नगरपालिकाकी उप–प्रमुख चित्राकुमारी चौधरीले आफ्नो हक अधिकारको लागि एकजूट भएर लाग्नु पर्ने बताईन् । पेशागत रुपमा दक्ष बनाउन नगर पालिकाले गर्नु पर्ने सहयोगका लागि नगरपालिका तयार रहेको उनले बताईन् । सबैले व्यवसाय दर्ता गरेर सफल ब्यवसायी बनी सही दिशामा लाग्न पनि उप–प्रमुख चौधरीले आग्रह गरिन् । प्रदेश कमिटी सचिब यमुना शाहीको अध्यतामा भएको कार्यक्रमको संचालन प्रदेश कमिटीकी सह—सचिब कमला गुरुडले गरेको हो ।
कार्यसमिती गठनपछि राखिएको बैठकमा नगर कमिटी यूनियनका सम्पूर्ण पदाधिकारीको सहभागिता रहेको थियो ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.