पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न

पुनर्वास -३१ भाद्र  रक्तदान जिवनदान ” भन्ने नारा सहित नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा र शिदार्थ युवा क्लबको संयुक्त आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विगत देखि नै रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले मंगलबार पुनर्वास नगरपालिका-७ स्थित शिदार्थ युवा क्लबको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाका सभापति युवराज सुयलको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख शरदा बिष्टको विशिष्ट आतिथ्य रहेको थियो । भने रेडक्रस जिल्ला कन्चनपुर सदस्य राजेन्द्र कुमार श्रेष्ठ ,विष्णु तिवारी,पुनर्वास -७ का वडा अध्यक्ष रामदुलारे राना ,नगर प्रवक्ता भारमल सुनार ,पुनर्वास जनता माविका प्रधानाध्यापक मान बहादुर तामाङ ,कैलाली शाखाका रक्त सञ्चार प्रमुख धरडी प्रसाद पन्त लगायतका व्यक्तिहरुको आतिथ्य रहेको थियो ।
शिदार्थ युवा क्लबका उपाध्यक्ष धिरज तामाङको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । कैलाली रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो उद्घाटन कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासका सचीव रुपेश खरेलले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.