ज्यान मार्ने उद्योग मुद्धामा एक जना फरार प्रतिवादी पक्राउ

हेल्लो समाचारदाता
कञ्चनपुर, २८ भदौ । कञ्चनपुरको बेलडाँडीबाट एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार, लालमणी भट्टको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल कुवँर भन्ने कृष्ण कुवँर समेत भएको ज्यान मार्ने उद्योग मुद्धामा गतवर्ष कार्तिक ४ गतेदेखि फरार भएका बेलडाँडी गाउँपालिका वडा नम्बर १ दोकटा बस्ने २३ वर्षीय रतन खड्कालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलडाँडी गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरी उनलाई आवश्यक कार्वाहीको लागि कञ्चनपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.