हिन्दु जागरण नेपाल कञ्चनपुरको जिल्ला कार्य समिति चयन

अध्यक्षमा सत्यराज जोशी 'शास्त्री'

कञ्चनपुर, २८ भदौ । हिन्दु जागरण नेपाल कञ्चनपुरको जिल्ला कार्य समिति चयन गरिएको छ ।
कञ्चनपुर हिन्दु जागरण नेपालको आयोजनामा शनिबार बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित सिद्दबाबा मन्दिरमा आयोजित एक कार्यक्रमका बीच सत्यराज जोशी शास्त्रीको अध्यक्षतामा कञ्चनपुर जिल्ला कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा दिपकराज बोहोरा, महिला उपाध्यक्षमा भगवती बिष्ट, सचिवमा पुष्प कमल पण्डीत र सदस्यहरुमा दिपकराज भट्ट, जगन्नाथ पाण्डेय, तेज बहादुर चन्द, भरत बिष्ट, निर्मल रानालाई चयन गरिएको छ ।
“धर्म परिवर्तन मुक्त, जातीय छुवाछुत मुक्त र सनातन हिन्दु राष्ट्र नेपाल निर्माणार्थ” भन्ने मुल नाराका साथ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्ध र हिन्दु धर्मलाई बचाउने महाअभियान देशैभर सञ्चालन भइरहेको जनाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष टेक बहादुर साउँद, विषेश अतिथिमा हिन्दु जागरण नेपालका केन्द्रीय सदस्य चन्द्र पुरुष, जिल्ला समिति कैलालीका उपाध्यक्ष लक्ष्मी बोगटी, महिला बिभागका भगवती वडैला र ममता जोशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन हिन्दु जागरण नेपाल कैलालीका व्यवस्थापक प्रमुख मीन राज ढुङ्गानाले गर्नु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.