बेलौरीमा २० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ

लालबहादुर एस.के.
बेलौरी, २५ भदौ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा दुई युवा ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
बुधबार राती करिब १२ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सिभिल टोली र इलाका प्रहरी कार्यालय बेलौरीको गस्ती टोलीले बेलौरी नगरपालिका–४ शान्ति टोलको चोकबाट दुई युवालाई पक्राउ गरेका हुन् ।
भारतीय मोटरसाइकल युपी ३१ एजेड ३८१९ नंं को प्रयोग गरेका बेलौरी नगरपालिका-४ बस्ने ३० वर्षीय शेरबहादुर चन्द र ३४ वर्षीय मनोज बिष्टबाट अन्दाजी २० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको सकृयतामा लागुऔषध कारोबारीहरु पक्राउ परेपनि सन्तोषजनक तरिकाले रोकथाम हुननसकेको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समय बेलौरी, पुनर्वास र बेलडाँडीको खुल्ला नाकाबाट भइरहेको लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले सशक्त कदम उठाउँनु पर्ने स्थानीयहरुले माग गरेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.