बिओपी कार्गिलडाँडाद्वारा करिब ढाई लाख बराबरको अवैध कपडा नियन्त्रणमा

हरिलाल जोशी
पुनर्वास, २४ भाद्र – कञ्चनपुरको पुनर्वासमा रहेको सशस्त्र प्रहरी बल बिओपी कार्गिलडाँडाको प्रमुखको रुपमा आउनुभएको सशस्त्र प्रहरी निरिक्षक निम बहादुर भण्डारीले जिम्मेवारी पछिको पहिलो सफलता हासिल गरेका छन् ।
बिओपीको जिम्मेवारी पाएको दुई हप्तामै सशस्त्र प्रहरी निरिक्षक भण्डारीले दई लाख उन्चालिस हजारको अवैध कपडा नियन्त्रणमा लिएर पहिलो सफलता प्राप्त गरेका हुन् ।
भदौ २१ गते राती दुई बजेको समयमा भारतीय बजार बसहीबाट नेपाल भित्रिदैँ गरेको अवस्थामा पुनर्वास नगरपालिका–४,आमताल नजिकै सिमा क्षेत्रबाट सो अवैध कपडा नियन्त्रणमा लिए पनि भारतीय तस्कर भने नियन्त्रणमा लिन नसकिएको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिए ।अवैध कपडा २१ गते आईतबार नियन्त्रणमा लिएको भएपनि साधनको समस्याका कारण मंगलबार मात्रै गड्डाचौकी भन्सारका लागि पठाएको सशस्त्र प्रहरी निरिक्षक भण्डारीले बताए ।
सशस्त्र प्रहरी निरिक्षक भण्डारीले खुल्ला सिमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि आफु र आफ्नो टिम निस्वार्थ रुपमा रातदिन कटिबद्ध भई लाग्ने बताए ।
उनले कहि कतै सिमा नाकाबाट तस्करी भईरहेको छ भनेपनि आफुलाई खबर गर्न आम नागरिकहरुलाई आग्रह गरेका छन् । भदौ ६ गते देखि बिओपी कार्गिलडाँडाको प्रमुखको जिम्मेवारी पाउनुभएका भण्डारी यस अघि सुरक्षा बेस सानोश्री बर्दियामा कार्यरत थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.