बेलौरीबाट पेस्तोलसहित एक जना पक्राउ

बेलौरी, २२ भदौ । कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले हतियार सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने २४ वर्षीय खुसीराम चौधरीलाई हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाले जनाएको छ ।
सोमबार मध्याह्न सीमा गस्तीका क्रममा पक्राउ परेका चौधरीको साथबाट एक थान कटुवा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनु भयो ।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताउनु भएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.