सूचारुको माग राख्दै ब्यूटीपार्लर सञ्चालकहरुले बुझाए ज्ञापनपत्र

गगन अयडी 
धनगढी, २२ भदौ।धनगढीमा रहेका ब्यूटिपार्लर सञ्चालकहरुले सोमबार ब्यावसाय संचालन गर्न पाउ भन्दै धनगढी उप–महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले उप–प्रमुख सुशीला मिश्र भट्टलाई लामो बन्दका कारण ब्यावसाय नै धरासयी भएको भन्दै सूचारुको माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले संघ सरकारले निर्णय कार्यान्वयन गर्न भनेर परिपत्र गरेकाले आफ्नोतहबाट सूचारु गर्नुहोस भन्न नसक्ने बताईन् । तपाईहरु समस्यामा हुनुहुन्छ उप–प्रमुख भट्टले भनिन्, यहाँहरुको माग सम्बन्धित निकायलाई अवगत गराउनमा सहयोग गर्ने छौं । उप–प्रमुख भट्टले जोखिमबाट बच्नको लागि भौतिक दूरीमा ख्याल गर्न अनुरोध गरिन् ।
संघ सरकारले ब्यूटीपार्लरहरु खुला रहदा त्यसले जोखिम बढाउने भन्दै त्यसलाई खोल्न नहुनेको सूचीमा राखेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.