राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालधनगढीले ब्यूटीपार्लर सञ्चालनको माग राख्दै बुझाए ३ ठाउँमा ज्ञापनपत्र

गगन अयडी 
धनगढी, २२ भदौ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल धनगढी कैलालीले सोमबार ब्यावसाय सञ्चालन गर्न पाऊ भन्दै धनगढी उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय धनगढी घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा ज्ञापनपत्र बुझाएका छन् ।
लामो समय देखी बन्दका कारण ब्यावसाय नै धरासयी भएको भन्दै सूचारुको लगाएता मागहरु राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
घरभाडा र बैङ्कको सावा तथा ब्याजदरमा सहुलिएतका लागि आवश्यक पहल गरी पाउ, ब्यूटीसियनहरुको निःशुल्क पिसिआर चेक जांच मिलाईदिने, प्रत्येक वर्षमा थपिने नयाँ सीप र नयाँ विषयबस्तुमा आफु अपग्रेड भईरहनुप्रर्ने बाध्यता रहेको र सोको लागि आफै ठूलो खर्चमा वाहिर मुलुक तथा काठमाण्डौ जस्ता ठूला शहरमा गएर सीप सिक्नु प्रर्ने बाध्यता भएकोले त्यसका लागि बजेट बिनियोजन गरिनु पर्ने सुरक्षका सबै मापदण्ड अपनाएर ब्यावसाय संचालन गर्ने बाताबरण मिलाई दिनु पर्ने जस्ता मागहरु राखेर सम्बन्धित निकाएमा ज्ञापनपत्र बुझाएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल धनगढी कैलालीकी अध्यक्ष सपना रोकायाले बताइन् । उनले भनिन यदि तत्काल ब्यावसाय संचालनमा नआएमा पालर संचालकहरु धरापमा पर्ने बताईन् ।
धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले संघ सरकारले निर्णय कार्यान्वयन गर्न भनेर परिपत्र गरेकाले आफ्नोतहबाट सूचारु गर्नुहोस् भन्न नसक्ने बताईन् । तपाईहरु समस्यामा हुनुहुन्छ उप–प्रमुख भट्टले भनिन्, यहाँहरुको माग सम्बन्धित निकायलाई अवगत गराउनमा सहयोग गर्ने छौं । उप–प्रमुख भट्टले जोखिमबाट बच्नको लागि भौतिक दूरीमा ख्याल गर्न अनुरोध गरिन् ।
संघ सरकारले ब्यूटीपार्लरहरु खुला रहदा त्यसले जोखिम बढाउने भन्दै त्यसलाई खोल्न नहुनेको सूचीमा राखेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.