माछामार्ने क्रममा दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एकको जीवितै उद्धार

कञ्चनपुर, १५ भदौ । दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ, भने एकको सकुशल उद्दार गरिएको छ । सोमबार दिउसो करिब ३:३० बजेतिर माछामार्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो ।
लालझाडी गाउँपालिका २ कञ्जकी १२ बर्षीया बालिका अनुराधा राना, ११ वर्षीया मोनिका राना र १४ वर्षीया निष्ठा राना माछा मार्ने क्रममा बेपत्ता भएका थिए । स्थानीयहरुले बालिका बेपत्ता भएलगतै खोजि कार्य तीब्र पारेका थिए । बालिकाहरुलाई खोजी गर्दैजादा १२ वर्षीया बालिका अनुराधा रानालाई स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्दार गरिएकी बालिकालाई उपचारका लागि धनगढी रेफर गरिएको छ भने अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो।
मोनिका र निष्ठाको शव घटनास्थल भन्दा तिनसय मिटर तल फेला परेको प्रहरीले जनाएछ । भने शवको केहिबेरमा पोष्टमार्टम गरिने बताइएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.