नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटि सदस्य साउँदले गरे मन्दिर निर्माणमा सहयोग

अत्तरिया, १२ भदौ- डोटीको दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोट, गोदामा निर्माण भईरहेको भगवतीको मन्दिरलाई सहयोग गरिएको छ । डोटी चेम्बर अफ कर्मशका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदुरपश्चिम प्रदेश कमिटि सदस्य खगेन्द्र साउँद (के.बी) ले आफ्नो व्यक्तिगत तर्फबाट मन्दिर निर्माणका लागी सहयोग गरेका हुन । उनले मन्दिरको निर्माण कार्यका लागी १२ बोरा सिमेन्ट उपलब्ध गराएका छन भने मन्दिरको छाना पनि तामाले छाईदिने बताएका छन ।

‘स्थानियस्तरबाट नै सबै बासिन्दाहरु मिलेर भगवतीको ठुलो मन्दिर बनाईरहेका रहेछन’ उनले भने ‘गाउँबासीहरु आफै सक्रिय भएर केही गर्नुपर्छ भन्ने ठाउँमा मैले पनि सहयोग गर्नुपर्छ भन्ने सोचेर मन्दिर निर्माणमा अलिकती सहयोग गरेको हु ।’ आगामी दिनहरुमा पनि समाजमा हुने सामाजिक कार्यहरुमा आफ्नो सदैव सहयोग रहने उनले बताए । विगतदेखी नै सामाजिक कार्यमा निरन्तर सक्रिय बन्दै आईरहेका साउँदले आफ्ना आमाबुवाको सम्झनामा पनि विभिन्न स्कुलहरुमा सहयोग गर्नुका साथै बृद्धबृद्धा, अनाथ, असहाय तथा अपांगता भएका व्यक्तिहरुलाई विभिन्न किसिमका सहयोग गर्दै आईरहेका छन । उनले जिल्लाका विभिन्न स्कुलमा लाखौ रकम सहयोग गरिसकेका छन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.