नेपाल सरकारसँग रिसाएका छन् छाङरु र तिंकरका सौका समुदाय

दार्चुला, १२ भदौ/ गत असार अन्तिमसाता सरकारले व्यासको छाङरु र तिंकर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी गर्‍यो । छाङरुका ११७ घरधुरी र तिंकरका ७० घरधुरीका लागि नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामार्फत खाद्यान्न ढुवानी गर्‍यो । यहाँका नागरिकले झण्डै एक क्वीन्टल हाराहारीमा चामल पाए ।
‘सरकारले हेलिकप्टरमार्फत चामल गाउँमा पुर्‍यायो, तर चामल मात्रै पुर्‍याएको सरकारले छाङरु र तिंकरका लागि नुन, तेल र दाल पुर्‍याउनुपर्छ भन्ने याद सम्म गरेन’, व्यास गाउँपालिका–१ छाङरुका जगतप्रताप ऐतवालले भने, ‘एक क्वीन्टल चामल कति दिनलाई पुग्छ, चामलसँग दाल, नुन र तेल चाहिन्छ ।’
जतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गर्‍यो, त्यो बेला सरकारले छाङरु र तिंकर गाउँ सम्झियो । नेपालका दुई गाउँ मात्र हैन्, भारतले अतिक्रमण गरेको भूगोलमा रहेका नावी, गुञ्जी र कुटी गाउँका नागरिकसमेतको अवस्था बुझ्ने प्रयास गर्‍यो । जति नक्साको कुरा कम हुँदै गयो, अहिले भने यहाँका जनताले भन्न थाले, सरकारले छाङरु तिंकर विर्से जस्तो छ ।
व्यासका युवा सुरज ऐतवाल भन्छन्, ‘छाङरु र तिंकरलाई राज्यले भुलेजस्तो छ, जति बेला कालापानीको मुद्दा चर्किन्छ, सरकारले हाम्रो नागरिक छन् भनेर छाङरु र तिंकर गाउँ सम्झिन्छ, तर वर्षौदेखि सीमाको रक्षा गरिबसेका नागरिकको अवस्था के छ, के खाँदैछन् कसरी बसेका छन् भनेर सरकारले फर्केर हेर्दैन ।’
‘चामल पुर्‍याएपछि खै सरकारले व्यासीको कुरा सुनेको रु’, गीता बोहरा भन्छिन्, ‘कुञ्चा सरेपछि छाङरु र तिंकरका नागरिकले कसरी बसेका छन्, सोधेका छैनन्, अहिले छाङरु र तिंकरमा रहेका नागरिकले सदरमुकाम खलंगा जान पाएका छैनन्, खलंगामा रोकिएका छाङरु र तिंकरका बासिन्दाले बाटो नहुँदा गाउँ जान पाएनन् ।’

Facebook Comments
Down to post ads-480-38

Comments are closed.