पुनर्वासको एकै वडाका फेरि तीन जनामा कोरोना पुष्टि
हरिलाल जोशी
पुनर्वास ,१२ भदौ -कंचनपुरको पुनर्वासमा फेरि क्वारेन्टाइनमा बसेका दुई जना र होम क्वारेन्टाइनमा रहेको एक जना व्यक्तिमा कोरोना देखिएको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा पुनर्वासका दुई पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो ।
कोरोना देखिनेमा पुनर्वास नगरपालिका-५ का ३५ र ४० वर्षीय दुई पुरुष र एक महिला रहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले जानकारी दिनुभयो ।
यस अघि शनिबार पनि ६ जनामा कोरोना पुष्टि भएको थियो भने ७४ जना कोरोना जितेर घर फर्किएका थिए ।
Comments are closed.