गौरीफन्टा नाकाबाट बिहान १० बजेदेखि साझ ५ बजेसम्म मात्रै आवतजावत गर्ने पाउने
धनगढी, ११ भदौ/ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल–भारत सीमा गौरीफन्टा नाकाबाट आवतजावत गर्नेहरुका लागि समय निर्धारण गरेको छ। कोरोना भाइरसको उच्च जोखिम रहेको अवस्थामा सीमा नाकामा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै प्रशासनले समय निर्धारण गरेको हो।
अब उक्त नाकाबाट नेपाल भित्रिन चाहने नेपाली र भारत जान चाहने भारतीयले बिहान १० बजेदेखि साझ ५ बजेसम्म प्रवेश गर्न सक्नेछन्। तर नाकाबाट भारतीय नागरिकले नेपाल प्रवेश नपाउने र नेपाली नागरिकले भारत जान नपाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए।
Comments are closed.