पुनर्वासमा सशस्त्र प्रहरीद्वारा २ लाख बराबरको अवैध कपडा बरामद

हरिलाल जोशी
पुनर्वास, २५ साउन
चाडपर्व नजिकिए संगै कंचनपुरको दक्षिणी क्षेत्रमा तस्करी बढ्दै गएपछि सशस्त्र प्रहरी र जनपद प्रहरी पनि तस्करी नियन्त्रणमा सक्रिय देखिएका छन् ।
केही दिन यता दैनिकै जसो सशस्त्र प्रहरीले अवैध सामानहरु नियन्त्रणमा लिदै आएपनि शनिबार बिहान पनि भारतीय बजार बसहीबाट ल्याउदै गरेको अवस्थामा नेपाली दुई लाख मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिएको छ ।
पुनर्वास नगरपालिका (४ , आमताल नजिकै जमुना घारीबाट दुई वटा साईकलमा भारतबाट ल्याउदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक बिष्टका अनुसार आफ्नो टोली देखेपछी तस्करहरु साईकल सहितको अवैध कपडा छाडेर फरार रहेको बताए ।
“आफुसङ्ग पर्याप्त जनशक्ति नहुदा पनि तस्करहरुलाई चैन भयो “ सशस्त्र प्रहरी निरीक्षक बिष्टले भने “तर तस्करलाई कदापी चैन गर्न दिदौनौ सक्दो नियन्त्रण र कार्वाही गर्छु ।“

Facebook Comments
Down to post ads-480-38

Comments are closed.