अछामका पत्रकार बिसीको उपचारको लागि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अपिल

धनगढी, २२ साउन। अछाममा कार्यरत पत्रकार ध्रुब बिसीको उपचारका लागि सहयोग गरिदिन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले अपिल गरेको छ।
विज्ञप्तीमा सुदूरपश्चिमको पहाडी जिल्लामा कार्यरत एक पत्रकारका लागि मिग्रौला फेर्न खर्चको जोहो गर्नु निकै चुनौतीपूर्ण रहेकाले आम पत्रकार, सबै शुभेच्छुक व्यक्तित्व, विभिन्न संघसंस्था लगायत सबैमा जीवनरक्षाका लागि हातेमालो गरिदिन आग्रह गरिएको छ।
महासंघका महासचिव योगेश रावलले बिहिबार विज्ञप्ती जारी गर्दै सक्रिय पत्रकार बिसीको जीवनरक्षाका लागि हातेमालो गरिदिन अनुरोध गरेका छन्। नेपाल पत्रकार महासंघ अछामका पूर्व सदस्य रहेका बिसी रेडियो सोसाइटीका प्रबन्ध निर्देशक, नयाँ पत्रिका दैनिक र हिमालय टेलिभिजनका अछाम संवाददाता हुन। उनी उच्च रक्तचापका कारण दुईवटै मिग्रौलामा समस्या आएपछि हाल काठमाण्डौंस्थित बिर अस्पतालमा उपचारत छन। चिकित्सकले उनको मिग्रौला फेर्नुपर्ने भनेको छ।
महासंघले सहयोग गर्न चाहनेले सोझै पत्रकार बिसीको राष्ट्रिय वाणिज्य संघ मंगलसेनस्थित शाखाको खाता नम्बर ४२६०१००००६३४२०१० मा रकम जम्मा गर्न सक्ने जानकारी समेत दिएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.