सभासद तारा लामाद्वारा पुनर्वास जनता माद्यामिक विद्यालयको भवनको उद्घाटन

हेल्लो समाचारदाता
पुनर्वास,३ साउन ।
पुनर्वासकै जेठो विद्यालय पुनर्वास जनता माद्यामिक विद्यालयको दुईतले चार कोठे पक्की नयाँ भवनको उद्घाटन भएको छ ।
शुक्रबार प्रदेश सभासद तथा नेकपा सुदुरपश्चिमका प्रमुख सचेतक माननीय तारालामा तामाङले एक औपचारिक कार्यक्रमका बिच रिबन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।
सभासद तामाङको पहलमा सुदुर पश्चिम प्रदेश
सामाजिक विकास मन्त्रालयको क्षेत्रीय शिक्षा विकास निर्देशनालय ,दिपायल मार्फत भवन निर्माणका लागि ३८ लाख बजेट आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज कापडीले जानकारी दिनुभयो ।
गत फागुन ६ गते ठेक्का सम्झौता भइ फागुन २२ गते सभासद तामाङले शिलान्यास गर्नुभएको सो भवनको श्रावण २ गते उहाँबाटै उद्घाटन भएको छ ।
जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने योजना रहेको सो भवन निर्माणमा कोरोना महामारीका कारण केही ढिलाइ हुन पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कापडीले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले विद्यालयको नयाँ भवनको लागि बजेट पार्न सकृय भूमिका निभाउनु भएकोमा प्रदेश सभासद तारालामा तामाङलाई विद्यालय परीवारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रधानाध्यापक तामाङका अनुसार विद्यालयको फर्निचर सहितको भवन निर्माणका लागि ३८ लाख रकम सामाजिक विकास मन्त्रालयको क्षेत्रीय शिक्षा विकास निर्देशनालयबाट प्राप्त भएपनि भवन सम्पन्न गर्दा सम्म ४१ लाख लागत लागेको बताउनुभयो ।
निर्माण सम्पन्न प्रदेश सभासद तारालामा तामाङले आफू पढने विद्यालयका लागि सानो पहल गर्न सकेकोमा आफूलाई खुशी लागेको र विद्यालयप्रती आफ्नो भावनात्मक निकटता रहेको बताउनुहुँदै भविष्यमा पनि सबैको सहयोग र सदभाव पाउने आशा रहेको जिकिर गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज कापडीको सभाध्यक्ष तथा प्रदेश सभासद तथा नेकपा सुदुरपश्चिमका प्रमुख सचेतक माननीय तारालामा तामाङको प्रमुख आतिथ्यमा पानसमा बत्ति बालेर सुभारम्भ भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति कंचनपुरका अध्यक्ष फैरु तामाङ र पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्ट धामीको विशिष्ट आतिथ्य रहेको थियो । विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक कर्ण रोकायाले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.