पुनर्वास र लालझाडीका दुई विद्यालय नमुना विकासका लागि छनौट

हरिलाल जोशी
पुनर्वास,साउन २
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुदुरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका(६ मा पर्ने पुनर्वास जनता माध्यामिक विद्यालय र लालझाडी गाउँपालिका १० मा पर्ने शारदा राष्ट्रिय माध्यमिक विद्यालय सहित सुदुरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट गरेको हो।
नमुना विकासका लागि छनौट हुनेमा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र बैतडीका दुई÷दुई विद्यालय रहेका छन् भने दार्चुला र अछामका एकरएक विद्यालय छन्।
केन्द्रले देशभरका एक सय विद्यालय नमुना विकासका लागि छनौट गर्ने क्रममा सुदूरपश्चिमका १६ विद्यालय परेका हुन्।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.