एकाएक पुनर्वासमा पसे जंगली हात्ती ,सुरक्षीत रहन नगरपालिकाको अनुरोध

हरिलाल जोशी
पुनर्वास,२ श्रावण  – कञ्चनपुरको पुनर्वासमा जंगली हात्तीको आक्रमणबाट एकजना सकुशल जोगिएका छन् ।
पुनर्वास-५ स्थित थापा पाउरोटी उद्योगको सेल्स मेनको रुपमा काम गर्दै आएका पुनर्वास-७,उदरीका ३१ वर्षीय लब्रु राना सकुशल जोगिएका हुन् ।
शुक्रबार बिहान ६ बजे पाउरोटी उद्योगबाट पाउरोटी लिएर पुनर्वासको भिमबस्ती,अमरबस्ती जाने क्रममा दोदा पुल पुग्नु अघि पुनर्वासको प्रतिभानगर जोड्ने लोकतान्त्रिक मार्गको किनारामा लगाएको पपुलरको रुखहरु नजिकै हात्तीको बथान देखेपछि भाग्न सफल भई सकुशल जोगिएको प्रहरीले जानकारी दिए ।
हात्तिले उनको मोटरसाइकलमा क्षति पुर्‍याएको समाजसेवी खुशीराम तामाङले जानकारी दिए ।
घटना पछि पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र उपप्रमुख शारदा बिष्ट धामीले भारतको दुधुवा नेशनल पार्कबाट केही संख्यामा हात्तीको बथान पुनर्वासको लोकतान्त्रिक मार्गतिर प्रवेश गरेको हुँदा खेतबारीमा काम गर्ने किसान , यात्रु नगर बासीहरुमा सचेत र सुरक्षीत रहन अनुरोध गर्नुभएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.