चौध लाख बढीको अबैध सामान कञ्चनपुर प्रहरीद्वारा बरामद

रञ्जित लामा 
कञ्चनपुर, २ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ को बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेको चौध लाख नौ हजार नौ सय पचासको अबैध सामान कञ्चनपुर प्रहरीले बरामद गरेको छ ।
म.१च.३२९ र म.१.च.३२३ नम्बरको सवारी साधनमा कपडा र बिजुलीका अबैध सरसमानहरु ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको चेकिङ टोलीले बिहीबार बरामद गरेको हो ।
बरामद गरिएको सामान, सवारी साधन र चालकलाई आवश्यक कार्वाहीको लागि गड्डाचौकी भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.