छोरीको जन्मदिनमा युके निवासी दम्पतिद्वारा धनगढी र गौरीफण्टा नाकामा मास्क बितरण

रञ्जित लामा 
धनगढी, १ साउन । सृजनशील समाजका अध्यक्ष एवं स्याङ्जा समाज युकेका उपाध्यक्ष र टेलर फर युकेका सञ्चालक भक्त दर्जी र श्रीमती नुनमाया दर्जीले छोरीको जन्मोत्सवमा धनगढी र गौरीफण्टा नाकामा मास्क बितरण गरेका छन् ।
हेल्लो पुनर्वास दैनिक पत्रिकाको सहकार्यमा कैलाली र कञ्चनपुर प्रबेश हुने यात्रुहरुलाई छोरी मनीषा परियारको जन्मोत्सवमा युके निवासी दर्जी दम्पतिले बिहीबार मास्क बितरण गरेका हुन् ।
भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशनलाई थप टेवा पुर्याउन छोरीको जन्मदिनको अवसर पारेर यात्रुहरुलाई मास्क बितरण गरिएको दर्जी दम्पतिले जिकिर गरे ।
“केक काटेर यतिखेर उत्सब मनाउँनु भन्दा यो महामारीमा मास्क बितरण गरेर जन्मदिन मनाउँनु उपयुक्त लाग्यो ।” दर्जी दम्पतिले भने–“ यतिखेर कोरोना भाइरसलाई पराजित गर्न सबैले आ–आफ्नो स्थानबाट गच्छे अनुसार योगदान गर्न जरुरी छ ।”
दर्जी दम्पति युके निवासी भएपनि नेपालमा हुने बिभिन्न कालखण्डमा बिभिन्न विपद र महामारीको घडीमा दर्जी दम्पतिले संस्थागत र व्यक्तिगतरुपमै उल्लेख्य सहयोग गर्दै आएका छन् ।

दर्जी दम्पति


छोरी मनीषा


 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.