प्याब्सन पुनर्वासद्वारा नगरपालिकालाई ६ बुँदे ज्ञापन पत्र

हरिलाल जोशी
पुनर्वास, असार ३१-  (कोभिड–१९ कोरोना माहामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि पुनर्वासमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ९प्याब्सन० ले पुनर्वास नगरपालिकामा ६ बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार विभिन्न ६ बुदे माग सहित पुनर्वास नगरपालिकाका नगर प्रमुख र उपप्रमुख समक्ष प्याब्सन पुनर्वास कार्यसमितिले ज्ञापन पत्र बुझाएको हो ।
सामुदायिक विद्यालयहरुले पुस्तक वितरण र विद्यार्थी भर्ना अभियान सकि सक्दा पनि सरकारले निजि विद्यालयका लागि कुनै ठोस निर्णय नगरेको भन्दै भर्ना अभियान सुरु गराउन सहजीकरण गरिदिन नगरपालिकामा ज्ञापन पत्र दिएको प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकालले जानकारी दिनुभयो ।
उहाँहरुले नगर प्रमुख समक्ष पेश गरेको ज्ञापन पत्रमा श्रावण १ देखि विद्यार्थी भर्ना तथा पुस्तक सुची वितरण, १५ गते बाट आवश्यक सावधानी पूर्वक अलग–अलग सिफ्टमा कक्षा सञ्चालन गर्ने , सामुदायिक विद्यालयले निजि विद्यालयका विद्यार्थीहरु बिना सर्टिफिकेट भर्ना लिइरहेको हुँदा उक्त कार्य तत्काल रोक्ने निर्देशन दिनुपर्ने ,घर भाडामा लिई सञ्चालित विद्यालयहरुको यस आ।व। मा तिर्नुपर्ने घरभाडा कर तत्काल र व्यावसायिक कर सँधैका लागि छुट गरिदिनुपर्ने ,यस शैक्षिक सत्रमा थप कक्षाको लागि प्रकृयामा रहेका र पूर्वाधार पूरा गरेका विद्यालयहरुलाई सहजरुपमा अनुमति प्रदान गरिदिनुपर्ने , निजि विद्यालयका शिक्षकहरुलाई लकडाउनका कारण नियमित तलव भत्ता दिन नसकिएको अवस्था भएकोले सो सम्बन्धमा नगरपालिकाले राहत प्याकेजको समन्वयमा सम्बोधन गरिदिनुपर्ने , निजि विद्यालयहरुले शैशिक लगानीका लागि विभिन्न वित्तिय संस्थाबाट लिइएको कर्जा÷व्याज बुझाउने म्याद थपिदिने सम्बन्धमा पहल गरिदिनु पर्ने जस्ता ६ बुदे मागहरु उल्लेख गरिएको थियो ।
ज्ञापन पत्र लिदै नगर प्रमुख जिवनराज थापाले सरकारले गर्न नसकेको निर्णयलाई आफुले केहि गर्न नसक्ने बताउनुभयो ।
सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण भएका कारण विद्यालय सञ्चालन हुन गाह्रो छ उहाँले भन्नुभयो भर्ना गर्ने विषयमा हामीले सामुदायिक विद्यालयलाई भनेका पनि छैनौं ।
बालबालिका बढी जोखिममा हुने हुँदा पनि संघिय सरकारले शैक्षिक क्षेत्रलाई खोल्न प्रतिबन्ध गरेको हुनुपर्छ भन्दै नगर प्रमुख थापाले स्वास्थ्य सुरक्षा सामाग्री र सामाजिक दुरी कायम गरि माथिल्लो तहका कक्षा व्यवहारिक किसिमले सञ्चालन गर्नै पर्ने भए छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.