सुदूरपश्चिमका नवोदित कलाकार सुशीलको प्रोफाइल भिडियो सार्वजनिक

रञ्जित लामा 
धनगढी, २८ असार । सुदूरपश्चिमका नवोदित कलाकार सुशीलजंग कुँवरको प्रोफाइल भिडियो सार्वजनिक भएको छ ।
कलाकारिता क्षेत्रमा सुदूरपश्चिमबाट उदाउदै गरेका धनगढी उपमहानगरपालिका–३ का कलाकार कुँवरको प्रोफाइल भिडियो यूट्युबमा शनिबार सार्वजनिक भएको हो ।
सुदूरपश्चिमकै चर्चित धार्मिक पर्यटकीय स्थलमा छायांकन गरिएको सो भिडियोलाई पछिल्लो समय निक्कै चर्चामा रहेको ‘निल एण्ड बाबा स्टुडियो’ले तयार पारेको हो भने सो भिडियोको निर्देशन दिपेन भट्टले गरेका हुन् ।
करिब तीन मिनेट लामो सो भिडियोमा कलाकार कुँवरलाई निक्कै बोल्ड र ड्यासिङ्ग रुपमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् !

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.