लकडाउनले कुखुरा व्यवसायी बनेका युवाहरुलाई नगरपालिकाद्वारा दाना सहयोग

हरिलाल जोशी
पुनर्वास २६– असार : लकडाउनका कारण रोजगार बिहिन भएपछि कुखुरा व्यवसायी बनेका युवाहरुलाई पुनर्वास नगरपालिकाले निस्शुल्क दाना सहयोग गरेको छ।
पुनर्वास(२ स्थित अरनिको बस्तीमा लकडाउनको सदुपयोग गरि कुखुरा फर्म सञ्चालन गर्दै आएका युवाहरूलाई शनिबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले नगरपालिकाको तर्फबाट कुखुराको दाना सहयोग गरेको हो ।
लकडाउनका कारण विदेश जान नपाएपछी बेफाल्तु बस्नु भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्य बोकी ब्रोईलर कुखुरा व्यवसाय सुरु गरेको अरनिकोबस्तीका युवाहरुले बताए ।
उनीहरुले नगरपालिकाले भारतको अवैध खुल्ला सिमा नाकाहरु पुर्ण रुपमा बन्द गरिदिए नेपाली कुखुरा व्यवसाय फस्टाउने र आफुहरु जस्ता व्यवसायीहरुलाई थप उर्जा मिल्ने बताए ।
विगतमा अवैध नाकाहरुबाट ब्रोईलर कुखुराहरु नेपाल भित्रीदा नेपालमा कुखुरा व्यवसाय गर्ने व्यवसायीहरुले भारतीय कुखुरासंग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय धरासायी भइ पलायन हुनुपरेको अवस्था बारे नगर प्रमुख जिवनराज थापा समक्ष व्यथा पोखेका थिए ।
व्यवसाय तर्फ आकर्षित बनेका युवा व्यवसायीहरुलाई कुखुराको दाना हस्तान्तरण गर्दै नगर प्रमुख थापाले खुल्ला नाका पुर्ण रुपमा बन्द गर्ने बताए ।
नगर प्रमुख थापाले कोरोना भाईरसको त्रासले भएको सिमा नाका बन्दका कारण पुनर्वासको कृषि लगायतको समग्र व्यवसायमा ठुलो वृद्धि भएको र नेपालीहरुलाई उद्यमी व्यवसायी बनाएको बताए ।
उहाँले कुखुरा पोल्ट्री फर्म सञ्चालन गर्दै आएका १५ जना व्यवसायीहरुलाई पचास किलोको एक एक कट्ठा दाना अहिले प्रोत्साहन स्वरुप सहयोग गरेको र आगामी दिनमा व्यवसाय गर्दै आए नगरपालिकाबाट अनुदान उपलब्ध गराउने बताए ।
भारतीय कुखुरा भित्रीन नपाउदा नेपाली व्यवसायीहरुले अहिले कुखुरा प्रती केजी तीन सय देखि माथी बिक्री गर्दै आएका छन् । मूल्य राम्रो पाएपछी अझै सो टोलका धेरै युवाहरु पोल्ट्री फर्म निर्माणका लागि तम्सिएर लागेका देखिन्छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.