सर्पले डसेर १४ वर्षीय बालकको मृत्यु

हेल्लो समाचारदाता
कञ्चनपुर, १७ असार। विषालु सर्पले डसेर कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १६ का १४ वर्षीय बालक पर्वत गिरीको मृत्यु भएको हो ।
‘घरपरिवारले थाहा पाएपछि महाकाली अस्पताल लगेको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भीमदत्त नगरपालिका– १६ का वडाध्यक्ष सुरेन्द्र विष्टले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.