धनगढीमा ब्राउनसुगर सहित १ जना पक्राउ

रञ्जित लामा 
धनगढी, १६ असार । धनगढीमा ब्राउनसुगर सहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोडबाट ब्राउनसुगर सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ घर भई धनगढीको क्याम्पसरोडमा डेरा गरी बस्दै आएका अन्दाजी २८ वर्षीय रबिन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
विशेष सूचनाका आधारमा पाण्डेको कोठाबाटै ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पाण्डेलाई लागु औषध मुद्दामा म्यादथप गरी उनीमाथि थप अनुसन्धान भई रहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.