कलाकारितामा उदाउदै सुदूरका सुशील, फेरि सार्वजनिक भयो अर्काे भिडियो

रञ्जित लामा
धनगढी, १२ असार । कलाकारिता क्षेत्रमा सुदूरपश्चिमबाट उदाउदै गरेका सुशीलको फेरि अर्काे भिडियो बुधबार सार्वजनिक भएको छ ।
धनगढी उपमहानगरपालिका–३ का उदयमान कलाकार सुशीलजंग कुँवरले अभिनय गरेको पछिल्लोे ‘तिमीलाई सम्झिदै’ बोलको म्यूजिक भिडियो यूट्युबमा सार्वजनिक भएको हो ।
जिबी आग्रीको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा युवामनमा स्वतःस्फूर्तरुपमा उब्जिने प्रेम र प्रणयको भावलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।
रागभिजन मल्टिीमिडियाको ब्यानरमा निर्मित सो म्यूजिक भिडियोमा सुशीललगायत गीताञ्जली बलायर, अन्जु धामी र नरेन्द्र एसकेले अभिनय गरेका छन् ।
गोबिन्द गिरी ‘प्रेरणा’को शब्द तथा जेपी रेग्मीको स्वरमा सजिएको गीतमा नरहरी प्रेमीले संगीत भरेका छन् भने दयाशंकर चौधरीले छायांकन गरेको सो भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । चार मिनेट ३० सेकेण्ड लामो सो भिडियोको कोरियोग्राफी राष्ट्रिय कलाकार तथा नृत्यकार काल भैरवले गरेका हुन् ।
कलाकारितामै विगत चार वर्षदेखि आफ्नो भविष्य खोजिरहेका सुशीलले यो भन्दा अघि दुई ओटो ‘तिम्रो नजिक बन्दिन म’ र ‘तेरो मेरो’ बोलको म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् भने छायांकन सम्पन्न भइसकेको उनीद्वारा अभिनित ‘तिम्रो हेराइ भित्र माया’ भन्ने बोलको म्यूजिक भिडियो छिट्टै बजारमा सार्वजनिक हुँदैछ ।
मेहनत र निरन्तरतालाई सबथोक ठान्ने सुशीलजंग कुँवर कलाकारिता क्षेत्रमा राम्रो दख्खल छोड्नेमा विश्वस्त छन् ।

हेर्नाेस् भिडियो !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.