बेलौरीमा सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित दुईजना पक्राउ

हरिलाल जोशी 
बेलौरी, ३ असार । कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ सशस्त्र प्रहरी बल, बिओपी बेलौरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले बेलौरी नगरपालिका-८ स्थित सिमा स्तम्भ नम्बर ३८ नजिकबाट ०.६१ ग्राम खैरो हेरोइन जस्तो देखिने लागु औषध सहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१० का २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका-३ का २३ वर्षीय आशिष उपाध्यायलाई लागुऔषध सहित पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा पन्तले जानकारी दिए ।
उहाँका अनुसार पक्राउ परेका दुवै जना म. २ प. ९६१८ नम्बरको मोटरसाइकलमा सवार रहेको र उनीहरूलाई थप अनुसन्धान तथा कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाइएको बताए ।
पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.