कैलालीमा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

रञ्जित लामा  
धनगढी, १ असार । कैलालीमा मोटर साईकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
मोटर साईकल चोरी गर्ने कैलाली गौरीगंगा नगरपालिकाकाका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका–८ बडैपुरका २० वर्षीय निर्मल दमाई, १८ वर्षीय हरि कँडेल र १९ वर्षीय नरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१६ का बिरेन्द्र चन्दको जेठ ९ गते से.३ प २६ नम्बरको मोटर साईकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ खोज तलास गर्नेक्रममा उनीहरुलाई मोटरसाइकलसहित हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनीहरु तीनै जनालाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.