पोजेटिभ आएको पिसिआर रिपोर्टलाई नेगेटिभ भनिएपछि पुनर्वासमा हल्ली र खल्ली

हरिलाल जोशी
पुनर्वास, २८ जेठ । कञ्चनपुरको पुनर्वासमा रहेका एक व्यक्तिको पिसिआर पोजेटिभ देखिएका एक व्यक्तिलाई रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएपछि यतिखेर हल्लीखल्ली मच्चिएको छ ।
२० दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमै रहेका पुनर्वास–२, मोतिबस्तीका ३२ वर्षीय एक व्यक्तिलाई सोमबार पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै पुनर्वास–१० को विजय माध्यामिक विद्यालयको क्वारेन्टाइनबाट घर पठाएपछि पुनर्वासमा हल्लीखल्ली मच्चिएको हो ।
घर पठाएको दोस्रो दिन नगरपालिकाबाट फोन गरेर तपाईको रिर्पोट पोजेटिभ रहेछ भन्दैँ दाईलाई लिन घरमा एम्बुलेन्स आएको उनका भाइले हेल्लो पुनर्वाससँग बताए ।
“हिजो तपाईको दाइको पिसिआर रिर्पोट नेगेटिभ आएको छ भनेर घर लैजान भन्यो र आज फेरि तपाईको रिर्पोट पोजेटिभ रहेछ भन्दैँ दाइलाई एम्बुलेन्समा लगे ।“ उनले भने “अब हाम्रो घरपरिवारको जिम्मा कसले लिन्छ ?”
घरमा पुगेका दाईलाई पोजेटिभ भनेपछि घरपरिवार मात्रै हैन टोलमा पनि निकै ठूलो त्रास फैलिएको कोरोना संक्रमितका भाइले बताए ।
रिपोर्ट नेगेटिभ भनेपछि संक्रमित दाइलाई क्वारेन्टाइनबाट घरसम्म लैजान साइकलमा गएको उनका भाइले जानकारी दिए ।
यस विषयमा पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले प्राबिधिक मिस्टेकका कारण उनलाई नेगेटिभ भनेर होम क्वारेन्टाइनमा पठाएको बताए ।
प्रदेश स्वास्थ्य कार्यालय कञ्चनपुरमा रिपोर्टको सम्बन्धमा बुझ्दा रिपोर्ट नेगेटिभ भएका कारण नआएको हुनसक्छ भन्ने कुरा आयो “उनले भने “त्यसपछि वडामा जानकारी गराएर होम क्वारेन्टाइनका लागि पठाउन लगाए तर उनी घर गएर पनि होम क्वारेन्टाइनमै बसे ।”
स्वास्थ्य प्रमुख धामीले फरक–फरक समयको रिपोर्ट भएका कारण गल्ती भएको स्वीकार गरेका छन् । उनलाई मंगलबार नै सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको छ ।
तर यसै विषयलाई लिएर पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्ट पनि विवादमा परेकी छिन् ।
उनलाई कोरोना संक्रमितका भाइले पुनर्वास नगरपालिकाकि उप प्रमुखले पोजेटिभलाई नेगेटिभ भनेर बधाई दिएर क्वारेन्टाइनबाट घर पठाएको आरोप लगाएका छन् ।
उता आरोपित उपप्रमुख बिष्टले “आफुलाई वडाबाट रिपोर्ट नेगेटिभ भन्ने जानकारी आउदा फोनबाट बधाई दिएकी हुँ तर क्वारेन्टाइनबाट घर भने मैले पठाएको हैन ।” उनले भनिन् –“विभिन्न मिडियामा संक्रमितका भाइले उपप्रमुखले घर पठाएको भन्ने कुरा चाहीँ सरासर गलत हो ।”
यता कोरोना संक्रमितका भाइले पिसिआर पोजेटिभ रहेका दाइ घरमा आएकाले संक्रमणको जोखिम बढेको भन्दै आफ्नोसहित पूरै पाँच जना परिवारको कोरोना परीक्षण गरिदिन माग गरेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.