धनगढीका नवोदित कलाकार रावतद्वारा अभिनित म्यूजिक भिडियो युट्यूबमा सार्बजनिक (भिडियो सहित)

रञ्जित लामा
धनगढी, २७ जेठ । धनगढीका नवोदित कलाकार विशालसिंह रावतद्वारा अभिनित म्यूजिक भिडियो युट्यूबमा सार्बजनिक भएको छ ।
कैलालीको धनगढीउपमहानगरपालिका–२ का नवोदित कलाकार रावतद्वारा अभिनित म्यूजिक भिडियो ‘जबदेखि मैले होस पाए’ मंगलबार बिहान ५ बजेबाट युट्यूबमा सार्बजनिक भएको हो ।
नील एण्ड बाबा प्रोडक्सनको ब्यानरमा निर्मित ‘जबदेखि मैले होस पाए’ बोलको म्यूजिक भिडियोमा रावत र पूजा चन्दको प्रेमिल भाव देख्न सकिन्छ । चार मिनेट ३१ सेकेण्ड लामो सो भिडियोमा प्रेम र प्रेमिल मनका भावनालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
कैलालीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको सो भिडियोको सम्पादन नील एण्ड बाबा प्रोडक्सन धनगढीले गरेको हो भने भिडियोको छायाङ्कन नील बिष्टले गरेका हुन् ।
नवोदित गायक पुष्पबिक्रम अधिकारीको शब्द, संगीत र स्वरमा सजिएको सो म्यूजिक भिडियोको निर्देशन एबं कोरियोग्राफी विजया आचार्य अधिकारीले गरेकी हुन् ।
नवोदित गायक अधिकारीद्वारा निर्मित सो म्यूजिक भिडियोमा र्याप गायनको अभिनय धनगढीका बाबा सिंहले गरेका छन् ।
भिडियोले राम्रौ चर्चा बटुल्नेमा निर्माता एबं कलाकारहरु आशावादी छन् ।

हेर्नाेस् भिडियो :

Facebook Comments
Down to post ads-480-38

Comments are closed.