धनगढीका युवा व्यबसायी श्रेष्ठद्वारा क्वारेन्टिनमा नास्ता सहयोग

रञ्जित लामा 
जाली, २६ जेठ । धनगढीका युवा व्यबसायी श्रेष्ठले क्वारेन्टिनमा रहेकालाई सोमबार नास्ता खुवाएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ जालीका युवा व्यबसायी गणेश श्रेष्ठले सोही स्थानको बासुदेवी उच्चमावि क्वारेन्टिनमा रहेकालाई नास्ता खुवाएका हुन् ।
न्यु उपदेश युवा क्लवको क्वारेन्टिनमा नास्ता खुवाउने सामाजिक अभियानमा युवा व्यबसायी श्रेष्ठले क्वारेन्टिनमा रहेका ४४ जनाका लागि एक दिनको नास्ता (चना अण्डा) पकाउन आर्थिक सहयोग गर्नुभएको न्यु उपदेश युवा क्लबका अध्यक्ष श्रवण देउबाले जानकारी दिए ।
अध्यक्ष देउबाले सहयोगी मनकारी मनलाई न्यु उपदेश युवा क्लबकातर्फ बाट धन्यवादसमेत प्रकट गरेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.