भारतबाट नेपालतर्फ लैजादै गरेको ४० हजारको सामान सशस्त्र प्रहरीद्वारा बरामद

रञ्जित लामा 
बेलौरी, २२ जेठ । कञ्चनपुरको सीमावर्ती क्षेत्र भारतबाट बेलौरीतर्फ लैजादै गरेको ४० हजारको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिहीबार बिहान करिब २ बजेतिर भारतबाट बेलौरी नगरपालिका–१ तर्फ लिएर जादै गरेको ४० हजार बराबरको अबैध सामान सशस्त्र प्रहरी अस्थायी सुरक्षा बेस थापा चोकले बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा अस्थायी सुरक्षा बेस थापा चोकका सशस्त्र प्रहरी निरीक्ष सुदिप कार्कीको कमाण्डको गस्ती टोलीले ४० हजार बराबरको तीन बोरी भारतीय बिडी, तम्बाकू र सूर्ती बेबारिसे अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी बेलौरीले जानकारी दिए ।
बरामद भएका सामानहरु आवश्यक प्रकृया पुर्याइ कानूनी कारबाही गरिने बिओपी बेलौरीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.