क्रियाशिल पत्रकारहरूलाई ज्याकेट र मास्क

डम्मर राज भट्ट  
कन्चनपुर, १२ जेठ ।  कञ्चनपुरका क्रियाशिल पत्रकारलाई ज्याकेट र मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथामका लागि गरिएको लकडाउनका बेला अहोरात्र नागरिकलाई सुशुचित गराउन खटिएका पत्रकारहलरूलाई ज्याकेट र मास्क वितरण गरिएको हो । फोटो पत्रकार महासंघ केन्दीय शाखाले जिल्ला शाखा कञ्चनपुरलाई पठाएको ज्याकेट र मास्क वितरण गरिएको छ । फोटो पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष पुष्कर भट्टले रिर्पोटिङ्गका लागि सहजताका लागि पत्रकारहरूलाई ज्याकेट र मास्क वितरण गरिएको बताए । अध्यक्ष भट्टका अनुसार युद्धस्तरमा अग्रमोर्चामा रहेका जिल्लाका २५ पत्रकारहरूलाई ज्याकेट र मास्क हस्तान्तरण गरिएको छ । फोटो पत्रकार महासंघले ज्याकेट र मास्क उपलब्ध गराएपछि कञ्चनपुरका क्रियाशिल पत्रकारले आभार प्रकट गरेका छन् । अध्यक्ष भट्टका अनुसार आगामी दिनमा समेत क्रियाशिल पत्रकारकारलाई थप सुरक्षा समाग्री वितरण गरिने बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.