आरडीटीमा पोजेटिभ देखिएका पुनर्वासका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

हरिलाल जोशी
पुनर्वास – र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखाएका पुनर्वासका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार गौरीफण्टा नाका भएर कञ्चनपुरको डोकेबजार पुगेका पुनर्वास-५ का ३८ वर्षिय वृद्धलाई आरडीटी चेकजाँचबाट पोजेटिभ देखाएपनि शनिबार पिसिआर रिपोर्ट भने नेगेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शनिबार साझ गरिएको परीक्षणमा चार जनाको पोजेटिभ देखिएपनी अन्य व्यक्तिहरु लगायत उनको रिर्पोट भने नेगेटिभ आएको जानकारी दिए।

रिपोर्ट नेगेटिभ आएपछी उनलाई शनिबार नै सेती प्रादेशिक अस्पताल धनगढीले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

डिस्चार्ज पछि उनलाई एम्बुलेन्समा पुनर्वासको गौरीशंकर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्टले बताईन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.