पुनर्वासमा भारतबाट आउनेको संख्यामा वृद्धिसंगै कीट अभावले कोरोनाको जोखिम बढ्यो : उपप्रमुख बिष्ट

हरिलाल जोशी
पुनर्वास ,१० जेठ । केही दिन यता भारतका बिभिन्न शहरमा अलपत्र परेका नेपालीहरु सीमानाकाबाट आउनेक्रम निरन्तर जारी रहेको छ ।
शनिबार पनि कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका १ हजार ९ सय ६६ जना नेपालीलाई उद्धार गरिएको हो ।
तिनीहरु मध्ये पुनर्वास नगरपालिकामा भने ५३ जना भित्रिएको बिओपी पचकडियाका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्रसिंह चैसिरले जानकारी दिए ।
दिनप्रतिदिन पुनर्वास भित्रिनेको संख्या वृद्धि भएपनि किटको अभावका कारण उनीहरूलाई आज पनि बिना चेकजाँच आ–आफ्नो वडाको क्वारेन्टाइनमा राखिएको पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा बिष्टले जानकारी दिईन् ।
किटको अभावले भारतबाट आएका नेपालीहरुको कुनै स्वास्थ्य जाँच नहँुदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम बढ्दै गएको र प्रदेश सरकारसँग कीट उपलब्ध गराईदिनका लागि नगरपालिकाले समन्वय गरिरहेको उनी बताउछिन् ।
दिनप्रतिदिन कोरोनाको भयावह व्यापक बन्दै गएपनि उपप्रमुख बिष्टका लागि भने कोरोना कहर उस्ताको उस्तै देखिन्छ ।
उनी भन्छिन्– “आफ्नो ज्यानको माया भन्दा आफुलाई उच्च स्थानमा र्पुयाउनुहुने नगरबासीको स्वास्थ्यका विषयमा रातभर मन उथलपुथल हुन्छ । र बिहानै आफ्नो गन्तव्यमा निस्कन्छु ।”
उनी बिहानै देखि साझसम्म विभिन्न वडाका क्वारेन्टाइनदेखि गाउँघरसम्मको यात्रामा कोरोनाबाट बच्ने संदेश सान्त्वना स्वरूप आफ्ना नगरबासीहरुलाई फैलाउदै हिड्ने गरेकी हुन्छिन् ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई उनी भन्छिन् “आलस्यता र निराशाले रोग बढ्छ त्यसकारण खुशीसाथ रमाइलो गर्नुस् ।”
उपप्रमुख बिष्टको यस्तो कहर देख्दा पुनर्वासीहरु पनि बेला बखतमा दंग पर्ने गर्छन् , अनि भन्छन् –“जनप्रतिनिधिमा हुनुपर्ने गुण वास्तवमा यहि हो ।”

Facebook Comments
Down to post ads-480-38

Comments are closed.