पुनर्वासमै पहिलो पटक जन्मदिनमा एक पुनर्वासीले गरे तरकारी बितरण

रञ्जित लामा 
पुनर्वास, १० जेठ । कञ्चनपुरको पुनर्वासमा पहिलो पटक जन्मदिनमा एक पुनर्वासीले आज तरकारी बितरण गरेका छन् ।
पुनर्वास नगरपालिका–५ ग गाउँका नरेश रोकायाले आफ्नो २३ औं जन्मदिनको अवसर पारेर क्वारेन्टिनमा रहेकालाई तरिकारी बितरण गरेका हुन् ।
पुनर्वास नगरपालिका–५ स्थित श्री गौरी शंकर माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकालाई १० किलो लौका, १० किलो पर्सी, ५ किलो टमाटर र दुई किलो बोडी वडाअध्यक्ष बीरबहादुर बोगटीलाई हस्तान्तरण गरिएको रोकायाले जानकारी दिए ।
जन्मदिनमा साथीभाइसँग रमाइलो गर्नु भन्दा यतिखेर देश नै कोरोना भाइरसले पीडित भएको बेला पीडामा परेकाहरुलाई अलिकति भएपनि सयोग गर्न पाउँदा आफु निक्कै खुशी भएको रोकायाले जिकिर गरे ।
“मैले गरेको सहयोग सानो भएपनि यसले समाजमा ठूलो र सकरात्मक असर पु¥याउनेछ ।” रोकायाले भने–“मैले मात्रै हैन अब हरेक नेपालीले यस्तो दुःखको घडीमा आफ्नो जन्म दिनको खुशी मोजमस्ती गरेर हैन कि दुःखीहरुलाई सहयोग गरेर मनाउदा उत्तम हुन्छ ।”
यतिखेर रोकायाले गरेको कार्यलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रशंसा समेत गरेका छन् । “यो महामारीको समयमा तिमीले गरेको सहयोग हाम्रो लागि उदाहरणीय बन्ने छ ।” भनी स्थानीय मानबहादुर रोकायाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् । उनी अझै थप्छन् “ तिमी जस्ता मनकारी युवाहरूले यस्तै सकेको सहयोग गरे यस्तो बिकराल घडीमा धेरै भन्दा धरै राहत मिल्ने थियो ।”

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.