कैलालीमा करेन्टले माछा मार्ने क्रममा १ युवकको मृत्यु, ३ पक्राउ

रञ्जित लामा, 
कैलाली, ८ जेठ । कैलालीमा करेन्टले माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ भने प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार राती करिब ९ बजे जिल्लाको जानकी गाउपालिका–१ दुर्गौली स्थित बिजुलिया कुलो/नदीमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको हो भने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मृत्यु हनेमा जानकी गाउपालिका–१ दुर्गौलका २१ वर्षीय प्रकाश चौधरी रहेका छन् भने पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ ज्योतिनगरका ३८ वर्षीय डम्मरबहादुर राजी सोही स्थानका ३६ वर्षीय शेरसिंह लुहार र ५६ वर्षीय भाने साउँद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
वारदात स्थलबाट एक थान १ फिट ८ ईन्च लम्बाईको बासको लठ्ठी , सो लठ्ठीमा बाँधेको २४ मिटर लामो बिद्युतको तार र राजीको घरबाट १ सय ७५ मिटर लामो बिद्युतको तार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.