धनगढीले क्लष्टर अनुसार क्यारेन्टाईनको तयारी गर्दै

हेल्लो समाचारदाता 
धनगढी, ८ जेठ । धनगढी उप–महानगरपालिकाले भारत लगायत तेश्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई क्लष्टर अनुसारको क्वारेन्टाईन बनाएर राख्ने भएको छ ।
बिहीबार बसेको नगरस्तरीय बिपद ब्यबस्थापन समितिको बैठकले यसरी वडाहरुलाई क्लष्टरमा बिभाजन गरेर क्वारेन्टाईन बनाउने निर्णय गरेको हो । बैठकले वडा नं ८ का अध्यक्ष नारायण प्रशाद बरालको संयोजकत्वमा नगरको कोभिड १९ उप–समिति गठन गरेर काम थालेको छ । एउटै ठाउँमा धेरै ब्यक्तिहरुलाई राख्दा ब्यबस्थापन गर्न समस्या हुने र त्यसले जोखिम पनि बढाउने भएकाले २÷३ वडा वडालाई मिलाएर एउटा क्लष्टर बनाएको हो ।
नगरको कोभिड १९ उप–समितिका संयोजक बरालका अनुसार वडा नं १, ३ र ४ को एउटा क्लष्टर, ६, ७ र ८ को एउटा क्लष्टर, १५ र १७ को एउटा क्लष्टर, ९, १० र १२ को एउटा क्लष्टर, १४ र १९ को एउटा क्लष्टर, ११ र १३ को एउटा क्लष्टर बनाउने भएको छ । त्यसैगरी वडा नं २, १६ , १८ र ५ को वडातहमा नै क्वारेन्टाईनको तयारी हुदै छ ।
रेखदेखका लागि क्वारेन्टेन स्थापना गरिने वडाको वडा अध्यक्ष संयोजक रहने ब्यबस्था गरिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.