प्रेस संगठन नेपाल कैलालीद्वारा सञ्चारकर्मीलाई डेढलाख बराबरको स्वास्थ्य सामग्री बितरण

रञ्जित लामा,
धनगढी, ६ जेठ । प्रेस संगठन नेपाल कैलाली शाखाले कैलालीमा कार्यरत् सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ ।
कैलालीका १ सय २५ जना सञ्चारकर्मीहरुलाई आज कैलाली शाखाले स्वास्थ्य सामग्री बितरण गरेको हो ।
संघीय सरकारका सांसद नारदमुनि रानाको आर्थिक सहयोग एबं सुदूरपश्चिम फाउण्डेशनको सहकार्यमा करिब डेढ लाख बराबरको एन नाइन्टी फाइभ मास्क, सर्जिकल मास्क, ग्बोल्बस, सेनिटाइजर र प्रेस ज्याकेट बितरण गरिएको प्रेस संगठन नेपाल कैलाली शाखाका अध्यक्ष हरिश बि.क.ले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९) ले पूरा विश्वलगायत देशलाई नै आक्रान्त भनाइरहेको बेला फ्रन्ट लाइनमा काम गर्ने कैलालीका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री बितरण गरिएको अध्यक्ष बि.क.ले जिकिर गरे । “यस्तो महामारीमा ज्यान दाउमा राखेर आमनागरिकलाई समाचार, सूचना र सन्देश प्रवाह गरिरहेका सञ्चारकर्मीहरुलाई न प्रदेश न स्थानीय सरकारले नै सहयोग गरेको छ ।” उनले भने–“अरुबेला नभए पनि यस्तो बेलामा त सामान्य भएपनि स्वास्थ्य साम्रगी बितरण गरेर ज्यान जोखिममा राखेर सञ्चारकर्मीको भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई हौसला प्रदान गर्न नसक्नु दुःखद कुरा हो ।”
सो स्वास्थ्य सामग्री बितरण कार्यक्रम नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सांसद बीरमान चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रेस संगठन नेपाल कैलाली शाखाले फेरि केही दिनमा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गर्ने जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.