पुनर्वासमा भोलिदेखि खोप सेवा पुनः सञ्चालन हुने

रञ्जित लामा
पुनर्वास, ३ जेठ । कञ्चनपुरको पुनर्वासको स्वास्थ्य चौकीले भोलिदेखिे खोप सेवा पुनः सञ्चालन गरिने भएको छ ।
पुनर्वासका सम्पूर्ण स्वास्थ्य चोकीले भोलिदेखि लकडाउनका कारण प्रभावित रहेका खोप सेवा पुनः सञ्चालन गरिने भएको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले नियमित खोप सेवा प्रभावित भएकाले एकापसमा सामाजिक दूरी कायम राखी भोलिदेखि खोप सेवा सञ्चालन गरिने पराशन स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।
पराशन स्वास्थ्य चौकीको मातहतमा भोलिदेखि बिभिन्न स्थानहरुमा ४ गते राष्ट्रिय मा.वि.पुनर्वास–९ बीचफाँटा, ५ गते स्वास्थ्य चौकी भवन पुनर्वास–९, ६ गते संयुक्त वडा कार्यालय पुनर्वास–८, ७ गते पुनर्वास–७ बुद्धबस्ती र ८ गते पुनर्वास–८ खड्डामा खोप सञ्चालन हुने प्रमुख हेल्थ असिस्टेन्ट तिमिल्सिनाले जानकारी दिए ।
त्यसरी नै त्रिभुनबस्ती स्वास्थ्य चौकीको मातहतमा भोलिदेखि बिभिन्न स्थानहरुमा ४ गते पुनप–५ गौरीशंकर माध्यमिक विद्यालय, ५ गते पुनपा–४ काफ्ले चोक घ(गाउँ), ६ गते पुनपा–४ स्वयंसेविका बेतमाया लोहनीको घर, ७ गते पुनर्वास–५ सिमरी श्री चन्द्रवाल आधारभूत विद्यालय, ८ गते पुनपा–६ जीवनज्योती मा.वि. र ९ गते त्रिभुवनबस्ती स्वास्थ चौकीमा खोप सञ्चालन हुने चौकीका अनमी सीता भाटले जानकारी दिइन् ।
त्यसै गरी कालिका स्वास्थ्य चौकीको मातहतमा भोलिदेखि बिभिन्न स्थानहरुमा ४ गते पुनपा–२ ऐश्वर्य आधारभूत विद्यालय, ५ गते पुनपा–१ कालिका स्वास्थ्य चौकी, ६ गते पुनपा–३ रामबस्ती खोप केन्द्र, ७ गते पुनर्वास–२ अरनिको बस्ती खोप केन्द्र, ८ गते पुनपा–३ जनकल्याण मा.वि.अगाडि, ९ गते पुनपा–१ पुरैना रामबुद्ध मा.वि. र १० गते पुनपा–२ मोतिबस्ती खोपकेन्द्रमा खोप सञ्चालन हुने चौकीका कार्यालय सहयोगी प्रदेशी चौधरीले जानकारी दिए ।
सरकारले यही वैशाख ५ गते अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेसँगै स्थगित खोप कार्यक्रम पूर्ववत सञ्चालन गर्न लागिएको हो ।
Comments are closed.