सुदूरपश्चिम फाउन्डेसन र डी टाउन ब्रदर हुडद्वारा रक्तदान कार्यक्रम

रञ्जित लामा
धनगढी, ३ जेठ । सुदूरपश्चिम फाउन्डेसन र डी टाउन ब्रदर हुडको संयुक्त आयोजनामा शनिबार धनगढीमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को महामारीले धनगढीमा रगतको कमी भएकोले सुदूरपश्चिम फाउन्डेसन र डी टाउन ब्रदर हुडको संयुक्त आयोजनामा शनिबार धनगढीमा रक्तदान कार्यक्रमको आयोजनाको भएको हो ।
सो रक्तदान कार्यक्रममा ४७ जनाबाट ४७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने डी टाउन ब्रदर हुडका जेम्स पालले जानकारी दिए ।
गत साता डी टाउन ब्रदर हुडद्वारा लकडाउनका कारण समस्यमा परेका १ सय ६७ जना विद्यार्थी, बिपन्न परिवार र मजदूरहरुलाई प्रति ब्यक्ति ५ केजी चामल, १ पोका तेल, १ केजी दाल र मसला सहयोग गरिएको पालले जिकिर गरे ।
“हामीले बिगत केहि सातादेखि “सुरेश रोकाया बचाउ अभियान“ पनि सुचारु गरेका थियौं ।” पालले भने–“देश बिदेशमा रहनु भएका थुप्रै नेपाली दाजु भाइहरुबाट १ लाख ४ हजार ८५ रकम उठाएर दुबै मृगौला पीडित डोटी जिल्ला शिखर नगरपालिका–११ डोटीका वर्ष २१ का सुरेश रोकायाको उपचार लागि पठाइसकेका छौं ।”

Facebook Comments
Down to post ads-480-38

Comments are closed.