उत्तर प्रदेशको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली फेला परे

हेल्लो समाचारदाता

पुनर्वास –भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लाको कोरोना अस्पतालबा सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपाली फेला परेका छन्। धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ।

शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, “हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।“ “भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटा भट्टा नजिकैबाट नियन्त्रणमा लिएको छौँ।“ बिबिसीबाट 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.