कोरोनाको कहर : जनताको सेवामा रातदिन नभनी खट्छु, उपप्रमुख बिष्ट

हेल्लो समाचारदाता

पुनर्वास,१८ चैत –बिश्वब्यापी रूपमा कोरोनाको संक्रमण फैलिएको अवस्थामा सरकारले लकडाउन गरेर कोरोना रोकथामका लागि केही राम्रो कदम चालेको छ।

लकडाउनले गर्दा सबैजना घरभित्रै बस्न बाध्य छन्। यस्तो अवस्थामा ज्याला मजदुरी गरेर खाने श्रमिकबर्ग धेरै नै मारमा परेका छन्। यस्तो अवस्थामा आफ्नो नगर भित्रका जनताको अवस्था के कस्तो छ भन्दै गाउँगाउ टोलटोलमा पुगेर उनिहरुको अवस्थामा बुझ्न् तल्लिन छन ।

कंचनपुरको पुनर्वास नगरपालिकाको उपप्रमुख शारदा बिष्ट। जनप्रतिनिधि आफै गाउँगाउ पुगेर आफ्नो क्षेत्रमा यसरी तल्लीन भएर लगेको कमै देख्न सकिन्छ।

कोरोनाको उच्च जोखिमयुत्त अवस्थामा आफ्नो प्रबाह नगरी जनताको सेवा रातदिन नभनी खट्नु हुने उपप्रमुख बिष्ट एक उदाहरणीय पात्र बन्नु भएको पुनर्वास १० का नरेन्द्र गुरुङ बताउनुहुन्छ। जनतालाई सल्लाह सुझाव दिएर, नआत्तिकन घरभित्र बस्न, सरसफाईमा ध्यान दिन, मस्कको प्रयोग गर्न, केही काम गरेपछी साबुनपानीले हात धुन जस्ता विभिन्न उपायहरु सिकाउदै टोलटोलमा पुग्नु भएकी उपप्रमुख बिष्टबाट सबै जनप्रतिनिधिले केही राम्रा कुरा सिक्न जरुरी रहेको कंचन पब्लिक स्कुल पुनर्वास ११ का प्रिन्सिपल सुरेस अधिकारिले बताउनुभयो।
कोरोनाको त्रास फैलिएको यस्तो विषम परिस्थिति तथा लकडाउनले गर्दा आफ्नो नगर क्षेत्रमा रहेका जनतामा के कस्तो समस्या परेको छ भनेर आफू बुज्दै हिडेको पुनर्वास नगरपालिकाको उपप्रमुख शारदा बिष्ट बताउनुहुन्छ।

ज्याला मजदुरी गरेर खाने श्रमिकबर्गको घरपरिवारको अवस्था बुज्दै उनिहरुलाई राहात उपलब्ध गराउने कामको समेत तयारी भैसकेको उहाले बताउनुभयो। उहाले नगरबासिमा नगरपालिकाले जारी गरेको सुचना र जनहितमा जारि गरेको सन्देस पालना गर्न समेत आग्रह गर्नुभयो।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.