पुनर्वासको न्यु थापा फैन्सी र परोपकार युवा क्लबद्वारा माक्स र ग्लोब्स वितरण

हेल्लो समाचारदाता
पुनर्वास – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ रोकथामका लागि पुनर्वासका एक व्यापारी र परोपकार युवा क्लबद्वारा माक्स र ग्लोब्स वितरण गरेका छन् ।

मंगलबार पुनर्वास नगरपालिका-६ ,प्रतिभानगर स्थित न्यु थापा फैन्सी स्टाेरका संचालक पदम बहादुर थापाले एक सय थान माक्स पुनर्वास नगरपालिका-९ ,खड्डाका बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै पुनर्वास नगरपालिका-९ स्थित परोपकार युवा क्लबले पनि सशस्त्र प्रहरी बल बिओपी बिचफाटा र खड्डा कंकड प्रहरी चौकीलाई ग्लोब्स हस्तान्तरण गरेको क्लबका सचिब ईश्वर बुढाले बताए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.